काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले राष्ट्रघाती एमसीसी बिरुद्ध जनसंघर्षका कार्यक्रमहरू घोषणा गरेका छन।
नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा माओवादी केन्द्र समाजवादी, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेपालले आज एक संयुक्त विज्ञप्ती जारी गर्दै राष्ट्रघाती एमसीसी सम्झौता पारित गर्ने राष्ट्रघातका विरूद्ध अविराम र निर्णायक जनसंघर्ष सञ्चालन गर्नु सम्पूर्ण देशभक्त नेपाली जनताको अहम् कर्तव्य हुन पुगेको र विषयको यही गम्भिर्यतालाई दृष्टिगत गरी आगामी चैत्र ६ गते सम्मको जनसंघर्षका कार्यक्रमहरू घोषणा गरेका छन ।
उनीहरुद्वारा जारी संयुक्त विज्ञप्तिमा फागुन २० गते काठमाडौं उपत्यकामा विशाल विरोध प्रदर्शन र संयुक्त विरोध सभा, २२ गते बुद्धिजिवीहरूको अन्तरक्रिया, २४ गते ८ मार्च भव्य रूपमा मनाउन देशव्यापी विरोध प्रदर्शन र सभा , २६ गते विद्यार्थीहरूको देशव्यापी क्याम्पस र विद्यालयहरूमा विरोध प्रदर्शन र सभा , २८ गते युवकहरूको देशव्यापी विरोध प्रदर्शन र सभा , ३० गते मजदुरहरूको देशव्यापी विरोध प्रदर्शन र सभा , चैत्र २ गते किसानहरू देशव्यापी विरोध प्रदर्शन र सभा , चैत्र ४ गते श्रमिक(दलित समुदाय मोर्चाको देशव्यापी विरोध प्रदर्शन र सभा र चैत्र ६ गते राष्ट्रिय मूक्ति ९जातीय(क्षेत्रीय० मोर्चाहरूको देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने संघर्षका कार्यक्रम उल्लेख गरिएको छ ।
यस विषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी ९मसाल० का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी० का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशिल’, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा, नेपालका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको संंयुक्त प्रेस विज्ञप्ति यस प्रकार रहेको छ– “आज हाम्रो ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको बैठक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाण्डौमा बस्यो ।
नेपाली राजनीतिक आन्दोलन र राष्ट्रिय मुक्तिको जनसंघर्षको इतिहासमा नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टी, सच्चा लोकतन्त्रवादी, देशभक्त शक्ति र राष्ट्रवादी आम नेपाली जनताले गत फागुन १५ गतेलाई कालो दिन घोषणा गरेका छन् । शेरबहादुर देउवा सरकार, नेपाली काँग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी र लोकतान्त्रीक समाजवादी पार्टीका नेताहरूले नेपाली जनताको विरोध, प्रतिवाद र देशव्यापी खारेजी आन्दोलनका खिलापमा राष्ट्रघाती, जनघाती र अमेरिकी साम्राज्यवादसँग आत्मसमर्पणवादी कुकार्य गरे । यो देश र नेपाली जनतका विरूद्ध गरिएको अक्षम्य अपराध सावित भएको छ ।
त्यसैगरि घोर राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पारित हुँदै गर्दा नेकपा ९एमाले० ले त्यसका विरुद्ध संघर्ष गर्नुको सट्टा वयल घेराउको बहानामा सम्झौता पारित गर्न सघाउ पु¥याउने कार्य गरी नेपाली जनता र राष्ट्रप्रति अन्र्तघात गरेको छ । राष्ट्रघाती एमसीसी सम्झौता पारित गर्ने राष्ट्रघातका विरूद्ध अविराम र निर्णायक जनसंघर्ष सञ्चालन गर्नु सम्पूर्ण देशभक्त नेपाली जनताको अहम् कर्तव्य हुन पुगेको छ । विषयको यही गम्भिर्यतालाई दृष्टिगत गरी हामी ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले आगामी चैत्र ६ गते सम्मको जनसंघर्षका कार्यक्रमहरू घोषणा गरेका छौं । सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरू, सच्चा लोकतन्त्रवादीहरू, देशभक्त शक्तिहरू, राष्ट्रवादी व्यक्तित्वहरू र आम नेपाली जनसमुदायमा घोषित संघर्षको कार्यक्रमलाई सशक्त रूपमा सफल पार्न व्यापक सहभागिताको निम्ति विनम्र अनुरोध गर्दछौं । संघर्षका कार्यक्रमहरूः
- फागुन २० गते काठमाडाैं उपत्यकामा विशाल विरोध प्रदर्शन र संयुक्त विरोध सभा
- फागुन २२ गते बुद्धिजिवीहरूको अन्तरक्रिया
- फागुन २४ गते ८ मार्च भव्य रूपमा मनाउन देशव्यापी विरोध प्रदर्शन र सभा फागुन २६ गते विद्यार्थीहरूको देशव्यापी क्याम्पस र विद्यालयहरूमा विरोध प्रदर्शन र सभा
- फागुन २८ गते युवकहरूको देशव्यापी विरोध प्रदर्शन र सभा
- फागुन ३० गते मजदुरहरूको देशव्यापी विरोध प्रदर्शन र सभा चैत्र २ गते किसानहरू देशव्यापी विरोध प्रदर्शन र सभा
- चैत्र ४ गते श्रमिक-दलित समुदाय मोर्चाको देशव्यापी विरोध प्रदर्शन र सभा
- चैत्र ६ गते राष्ट्रिय मूक्ति (जातीय-क्षेत्रीय) मोर्चाहरूको देशव्यापी विरोध प्रदर्शन र सभा”



















