काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठक करिब ७ मिनेट बसेर सकिएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक सबा १ बजे सुरु भएको थियो।
आजको बैठक पनि नेकपा एमालेले अवरोध गरेको थियो। गत भदौ २३ गतेदेखि बैठक अवरोध गर्दै आएको एमालेले त्यसलाई निरन्तरता दिएको हो।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूलाई ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ गर्न समय दिएका थिए। प्रतिवेदन पेश भएसँगै आगामी २२ गते सम्मका लागि बैठक स्थगित गरिएको हो।
प्रतिनिधि सभाको बुधबारको बैठक करिब ७ मिनेट बसेर सकिएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक सबा १ बजे सुरु भएको थियो।