प्रधानमन्त्री ओलीले सरकारको आलोचना फेसन

23

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना फेसन बनेको जनाएका छन्।

बुधबार प्रतिनिधि सभामा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले गरेको प्रश्नमा जबाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारलाई लाञ्छना नलगाई नहुने केही मानिसहरूको बानी नै हुने जनाए।

‘कहिले पशुपतिमा पित्तल चढायो भनेर हल्ला गर्छन्। कहिले अहिले पनि छानबिन होस् भनेर कराउँछन्। त्यस्ता कुराहरूपट्टि धेरै वास्ता गर्दिनँ। चित्त पनि दुखाउँदिन। ह्याबिटका कुरा भयो मान्छेको। ह्याबिटको कुरामा म धेरै गइरहन्न,’ उनले भने।

प्रधानमन्त्री ओलीले हल्ला चलेकै भरमा कोहीमाथि कारबाही नहुने जनाए । ‘हल्ला केही चल्यो, केही बोल्यो, कहिँ कतै छपायो, अथवा फेसबुकमा स्टाटस लेख्यो त्यसैका आधारमा कारबाही हुँदैन भन्ने सबैलाई थाहा हुनुपर्छ,’ उनले भने।

तथ्यका आधारमा भने बेथिति देखिन नहुने प्रधानमन्त्री ओलीले जनाए। गम्भीर आशंका भएको ठाउँमा भने आफूले भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको नीति लिनै पर्ने जनाए ।

‘गम्भीर आशंका हुने खालका वा गम्भीर प्रश्न उठेका खण्डमा असहिष्णुताको नीति लिनै पर्छ। अथवा भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको नीति लिनै पर्छ,’ प्रधानमन्त्री ओलीले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here