काठमाडौं । अर्ना बियर उत्पादक कम्पनी यती ब्रुअरीले बुक बिल्डिङ पद्दतीबाट प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सार्वजनिक सेयर निष्कासन गर्नको लागि एनआइएमबी एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा यती ब्रुअरीका तर्फबाट प्रबन्ध सञ्चालक संजीव सर्राफ र एनआइएमबी एस क्यापिटलका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे । यो सम्झौतापछि अब एनआईएमबी एस क्यापिटलले आईपीओ निष्कासनका लागि सम्पूर्ण प्रक्रिया अघि बढाउनेछ ।


















