काठमाडौं । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर कमिटीको आयोजनामा कीर्तिपुर वडा नं. १ बाघ भैरव मन्दिर परिसमा राष्ट्रघाती एमसीसीको विरोधमा कोण सभा कार्यक्रम गरेका छन् ।
नेपाल मजदुर किसान पार्टीका काठमाडौं जिल्लाका अध्यक्ष एवम् केन्द्रीय सदस्य नारायण महर्जन बागमती प्रदेश सांसद सुरेन्द्र राज गोसाईको उपस्थितिमा गत बुधबार भएकाे कार्यक्रममा अध्यक्ष महर्जनले नेपालको अस्तित्व संकटमा पारिने गरी ल्याएको राष्ट्रघाती एमसीसीको विरुद्धमा देशभक्त नेपालीहरु संघर्षमा उत्रिनु पर्ने बेला भएकाले राष्ट्रघाती दलालहरुलाई पाखा बेला भएकाे भन्दै सम्पूर्ण देशभक्त नेपालीहरू एक हुनुपर्नेमा जोड दिए ।
साे काेणसभामा बाग्मती प्रदेश ३ का सुरेन्द्र राज गोसाईंले राष्ट्रघाती एमसीसी विरुद्ध नयाँ उत्साहका साथ सम्पूर्ण युवापुस्ता माझ देशप्रेमको भावना जागृत गरेर देशद्रोहि राष्ट्रघातीको विरोधमा उत्रिने जनाए ।
हालै देउवा नेतृत्वको पाँच गठबन्धन सरकारले विकासका नाउँमा सिन्को समेत भाच्न नसकेको अवस्थामा राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेर देशलाई थप दुर्घटना तर्फ मोडेर देशलाई पछि पार्ने काम उल्लेख गर्दै लगातार विरोधमा उत्रिएर खारेजी गर्नु पर्ने जनाए ।


















