भौसाबारीबाट लागु औषधसहित तीन जना पक्राउ

101

काठमाडौं  । मोरङको कानेपोखरी गाउँपालिका-५ भौसाबारीबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका ५ का २२ वर्षीय प्रकाश ढकाल, २९ वर्षीय विक्रान्त चौधरी र सोही स्थानका सुमन भुजेल रहेका छन्।

शुक्रबार बेलुका पौने ७ बजे गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागुऔषध ब्राउनसुगर १२ ग्राम २३० मिलिग्राम बरामद गरेको थियो। लागुऔषधसहित पक्राउ परेका तीनै जनाको विषयमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here