नोबेल मेडिकल कलेजका विद्यार्थीहरुको समस्या समाधान गर्न निर्देशन

155

काठमाडौं । संसदीय समितिले नोबेल मेडिकल कलेज विराटनगरका अनशनरतलाई एक हप्ताभित्र पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ।

सोमबार सिंहदरवारमा सम्पन्न प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले २५ गतेभित्र वा ढिलोमा आगामी एक हप्ताभित्र विद्यार्थीहरुको समस्या समाधान गरेर उनीहरुलाई पढ्न सक्ने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो।

समितिको निर्देशन सुनाउँदै सभापति जयपुरी घर्तीले आगामी तीन महिना कलेजले अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि विद्यार्थीको कोर्ष पूरा गरिदिनुपर्ने बताइन्। विद्यार्थीहरु पढ्न छोडेर अनशन बस्ने हदसम्म कलेजले पुर्‍याएको भन्दै  उनले तत्काल समस्या समाधान गरेर विद्यार्थीलाई पढ्ने वातावरण बनाउन निर्देशन दिइन्।

नेपालमा कानून आफ्नो हातमा लिएर स्वार्थ पूरा गर्ने काम भइरहेको भन्दै सभापति घर्तीले यसको अन्त्य गर्नुपर्ने बताइन्। कलेजले कानुनतः विद्यार्थीका माग पूरा गर्न नमाने अर्को कलेजमा पढ्ने व्यवस्था मिलाउन पनि उनले निर्देशन दिइन्।

हरेक मेडिकल कलेजले चिकित्सा शिक्षा ऐनलाई कार्यान्वयन गरेर विद्यार्थीको भविष्यलाई उज्यालो बनाउनुपर्ने सभापति घर्तीको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here