अमिताले नेपाली ढाका टोपी लगाएपछि चर्चामा

136

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो आगामी चलचित्रको छायांकनमा नेपाली ढाका टोपी लगाएको तस्बिर अहिले चर्चामा आएको छ। बच्चनले नेपालमा समेत छायांकन भएको मित्रताको कथा बोक्ने चलचित्र  ‘उचाईं’को छायांकनको क्रममा नेपाली ढाका टोपी लगाएका थिए। अहिले उक्त तस्बिर निकै चर्चामा छ।

भिनेता बच्चनले आफ्नो सामाजिक सञ्जालमार्फत आइतबार राती उक्त तस्बिर सेयर गरेका थिए। उनले तस्बिरमा ‘केटीको केटीको’ क्याप्सन राख्दै तस्बिर सार्वजनिक गरेका थिए। उक्त तस्बिर हाल भारतको उत्तराखण्डमा छायांकन भइरहेको बलिउड चलचित्र  ‘उचाइ’को छायांकनको क्रममा लिइएको हो। बच्चनको उक्त तस्बिरलाई नेपाली दर्शक तथा उनका प्रशंसकहरुले निकै रुचाएका छन्।

‘उचाइ’ सुरज बर्जात्यको निर्देशनमा बनेको चलचित्र  हो। केही महिनाअघि उक्त चलचित्रको छायांकनका लागि चलचित्रको निर्माण पक्षसँगै अभिनेता अनुपम खेर, बोमन इरानी , अभिनेत्री परिणीति चोपडालगायतका कलाकार नेपाल आएका थिए। बच्चन भने स्वास्थ्यको समस्याका कारण नेपाल आउन सकेका थिएनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here