बर्दिया । बढैयाताल गाउँपालिका(८ शितलाबजारमा सोही गाउँपालिका(८ कण्ठपुर बस्ने ४८ वर्षीया महिलाको सुनको सिक्री चोरी गरी भाग्दै गरेको अवस्थामा २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा रानीघाट नगरपालिका(२० बस्ने २१ वर्षीय राकेश सिह राठौर र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । उक्त बजारमा लागेको हाटबजारमा तरकारी किन्दै गरेको अवस्थामा २ जना अज्ञात व्यक्तिहरुले महिलाले घाँटीमा लगाएको सिक्री तानेर भागेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी शितलाबजारबाट तत्काल खटिएको प्रहरीले उनीहरूलाई भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर चोरी सम्बन्धि कसूर मुद्दामा थप अनुसन्धान भइरहेको छ ।


















