साफ यू-१८ महिला च्याम्पियनसिप खेल्ने जाने नेपाली टोलीलाई बिदाइ

154

काठमाडौं । भारतमा हुने साफ यू-१८ महिला च्याम्पियनसिप खेल्ने जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार बिदाइ गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाले एक कार्यक्रमबीच टोलीलाई बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद‍्का उपाध्यक्ष शिव कोइराला, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले टोलीलाई बिदाइ गरे ।

भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेच्याम्पियनसिपमा नेपालसहित आयोजक भारत र बंगलादेशको सहभागिता रहने छ ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग मार्च १५ मै खेल्नेछ ।

नेपालले दोस्रो खेलमार्च १७ मा बंगलादेश खेल्नेछ । यस्तै नेपालले मार्च २१ मा फेरि भारतसँग र मार्च २३ मा बंगलादेशसँग खेल्नेछ । एक आपसमा दुई दुई खेल खेलेपछि धेरै अंक जोड्ने टिम च्याम्पियन बन्नेछ ।

च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक दर्शन भक्तराज लवटले यसअघि नै राष्ट्रिय टिमबाट डेब्यु गरिसकेकी प्रिति राईको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।

नेपाली टोलीमा  प्रिती राई (कप्तान), सावित्री किशन, लिला जोशी, पूजा थापा, सबिना चौधरी, मन्जुकुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यास्माली मगर, दिपा शाही, हिमा रावत, सरस्वती हमाल, शुनकला राई, अन्जली मछामासी, सराह बज्राचार्य, जेनिफर राना, शरिश्मा थापा, सदिपा भोलान, कुशुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई, गरिमा राई ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here