नयाँ भेरियन्ट ओमीक्रोनको जोखिममा नेपाल पनि

93

काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमीक्रोनको जोखिममा नेपाल पनि परेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक रिपोर्टिङ भएको यो नयाँ भेरियन्ट बेलायत, जर्मनी, अष्ट्रेलिया लगायतका देशमा देखिसकेको छ। भारतमा समेत यसको जोखिमलाई मध्यनजर गर्दै सरकारले आवश्यक तयारी गरेको छ।

तर नेपालका स्वास्थ्यमन्त्री विरोध खतिवडाले भने जोखिमको यो समयमा कोरोना संक्रमितको उपचारमा सक्रिय रहेका टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बास्तोलालाई संक्रमितको उपचारबाट नै बञ्तित गराउन गरी सरुवा गर्ने निर्णय गरेका छन्।

मन्त्री खतिवडाले आर्थिक चलखेलका आधारमा डा बास्तोलालाई हटाउने निर्णय गरेको आरोप मन्त्रालयकै कर्मचारीहरुले लगाएका छन्। मन्त्रालयका कर्मचारीले नै डा अनुपको सरुवामा आपत्ति जनाउँदै मन्त्री खतिवडामाथि आर्थिक चलखेलको आरोप लगाएका हुन्।

मन्त्रालयका एक कर्मचारीका अनुसार मन्त्री खतिवडाले डा अनुपलाई सरुवा रोग अस्पतालबाट हटाएर सार्क क्षयरोग केन्द्रमा पठाउने निर्णय गरेका छन्। मन्त्रीको दबाबमा डा अनुपको सरुवाको पत्र समेत तयार भइसकेको छ।

डा अनुपलाई सरुवा गरेर मन्त्री खतिवडाले सरुवा रोग अस्पतालको निर्देशकमा डा मनिषा रावललाई लैजाने निर्णय गरेका छन्।

डा बास्तोला कोभिडको पहिलो लहरदेखिनै संक्रमितको उपचारमा सक्रिय छन्। पहिलो र दोस्रो लहरमा निरन्तर संक्रमितको सेवा सक्रिय र टेकु अस्पतालकै सुधारमा लागेका डा बास्तोलाले नयाँ भेरियन्टको जोखिम आउनै लाग्दा कोभिडका बिरामीको उपचारबाटै बञ्चित हुने गरी सरुवा गर्ने निर्णय गरेका छन्।

डा बास्तोला डा बास्तोला गत असार १४ गते अस्पताल निर्देशकमा नियुक्त भएका थिए। उनी अस्पताल निर्देशक भएको ५ महिना मात्र पुगेको छ। अस्पताल निर्देशक भएपछि उनले अस्पतालमा थुप्रै सुधारका काम गरेका छन्। अस्पतालको ओपिडी विस्तार, फार्मेसी, बिरामीले सहज रुपमा सेवा पाउन भन्दै विस्तारित सेवा लगायतका सेवा थप गर्दै गएका छन्।

यसका साथै उनले अस्पताल परिसरमा रहेको फोहरमैलाको व्यवस्थापन, कर्माचारीलाई बस्ने व्यवस्था लगायतका काम पनि गरेका छन्।

डा बास्तोलाले अस्पतालको नाममा रहेका जग्गाको खोजी गर्दै ३०० शय्याको अस्पताल विस्तारको योजना समेत अगाडि बढाइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here