सात महिनाभित्र राष्ट्र बैंकको तथ्यांक यस्ताे

56

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको आर्थिक अवस्थाको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले जारी गरेको सात महिनाको तथ्यांकमा मुद्रास्फिती ५.९७ प्रतिशत रहेको छ। आयात ४२.८ प्रतिशतले र निर्यात ८८.३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.९ प्रतिशत र अमेरिकी डलरमा ५.८ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

शोधनान्तर स्थिति २४७ अर्ब ३ करोडले घाटामा छ। कूल विदेशी विनिमय सञ्चिति ९ अर्ब ७५ करोड अमेरिकी डलर छ। संघीय सरकारको खर्च ५९१ अर्ब २ करोड र राजस्व परिचालन ६१३ अर्ब ४१ करोड रहेको तथ्यांकमा उल्लेख छ। विस्तृत मुद्राप्रदाय २.८ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.५ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.६ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा १२.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here