आईएसएमटी कलेजले बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रम सञ्चालन गरिने

128

विगत १० वर्षदेखि बेलायतका विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको आईएसएमटी कलेज चितवनले बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू पनि सञ्चालन गरेको छ ।

शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै औपचारिकता पूरा भइसकेको सो कलेजले जनाएको छ ।

बेलायतका प्रमुख शहरहरूलगायत हङकङमा समेत सन्डरल्यान्ड युनिभर्सिटीको आफ्नै कलेज छ । यो विश्वविद्यालयको सम्बन्धनमा विश्वका धेरै देशहरूमा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको छ । सन् २००१ मा बेलायतको पत्रिका ‘द गार्जियन’का अनुसार सन्डरल्यान्ड युनिभर्सिटी बेलायतका नयाँ युनिभर्सिटीमध्ये पहिलो नम्बरमा पर्न सफल युनिभर्सिटी भएको थियो ।

सन् २००५ मा ‘टाइम्स हाइयर एजुकेसन’को ‘बेस्ट स्टुडेन्ट्स एक्सपेरियन्स’मा शीर्ष स्थान हासिल गर्न सफल भएको थियो भने सन् २०१९ मा टाइम्स हाइयर एजुकेसनकै युरोपियन टिचिङ र्‍याकिङमा २०१औँ स्थानमा पर्न सफल भएको थियो । सोही युनिभर्सिटीको शैक्षिक कार्यक्रमबाट नेपालका विद्यार्थीले स्वदेशमै अझै भन्नुपर्दा स्थानीय  शहर चितवनमा नै बेलायतको डिग्री प्राप्त गरी शैक्षिक लाभ लिन सक्ने आईएसएमटी कलेज चितवनले जनाएको छ ।

आईएसएमटी ग्रुप अफ कलेजेज युनिभर्सिटी अफ सन्डरल्यान्डबाट सम्बन्धन पाउने पहिलो नेपाली शैक्षिक संस्थासमेत बनेको कलेजको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here