थप ७३ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

68

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५० जनाले ज्यान गुमाएका छन्।

शनिबार १९२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ५ हजार ५० जना सक्रिय संक्रमित रहेका छन्।

  1. गत चौबीस घन्टामा २ हजार २३८ पीसीआर तथा २ हजार ८२४ एन्टिजेन परीक्षण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here