काठमाडौं । कीर्तिपुरमा चोभार गेट—६ मा मंगलबार चैत्र १ गते सुलक्षण कीर्ति क्याम्पसकाे औपचारिक रुपमा उद्घाटन भएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहारबीचको शैक्षिक सहकार्यको सम्झौता अनुसार गत बर्षमात्रै स्थापना भएको राष्ट्रिय सामुदायिक शैक्षिक संस्था–सुलक्षाण कीर्ति क्याम्पसको प्रथम बार्षिकोत्सव तथा क्यापस दिवशको शन्दर्भमा क्याम्पसको औपचारिक उद्घाटन एवं बौद्ध अध्ययन तथा दिगो विकास स्नातकोत्तर कार्यक्रम (MBSD) को कक्षा सञ्चालन तथा शैक्षिकसत्र शुभारम्भ कार्यक्रम रहेको छ ।
सो औपचारिक कार्यक्रममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय कृष्णगोपाल श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा सञ्चालन हुने भएकाले कार्यक्रममा उपस्थित भएर बढाई दिनका लागि पत्रकार, शिक्षाप्रेमी तथा शुभचिन्तकहरुलाई क्याम्पस प्रशासनको तर्पmबाट विशेष अनुरोध गरेका छन् ।
दिउँसो ४ बजेबाट सुरु हुने कार्यक्रममा विशेष अतिथिका रुपमा संघीय संसद र प्रदेश संसदका माननीय सांसद राजेन्द्रकुमार केशी तथा काठमाडौं महानगरपालिका, भक्तपुर नगरपालिका, ललितपुर ललितपुर नगरपालिकाका मेयरहरु तथा उप मेयरहरुको हुने कार्यक्रममा लुम्बिनी बौध्ध बिश्वबिद्यालयका उपकूलपति प्रो. डा. हृदयरत्न बज्राचार्य उपस्थित हुने साेही क्याम्पसका अध्यक्ष अनोजा गुरुमाले विशेष अनुरोध गरेका छन् ।


















