काठमाडौं । यात्रा एन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीत ‘मोड’ सार्वजनिक भएको छ ।
पूर्णिमा लामाको स्वर र अलिशा सुच्च राईको शब्द रचना तथा अजय तामाङको लय सिर्जना गीत समावेश छ ।
राज केसीले निर्देशन गरेको भिडियोलाई उत्तम हुमागाईँले खिचेका हुन् ।
भिडियोमा कमल सिंह र गरीमा शर्मा फिचर्ड छन् । प्रकाश एस् के ले भिडियोको सम्पादन गरेका हुन् ।
भिडियोलाई यात्रा एन्टरटेन्मेन्ट युट्युब च्यानल मार्फत हेर्न सकिन्छhttps://youtu.be/lYwQUW5F_w4


















