काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठकमा विभिन्न १० कार्यसूचीमाथि छलफल हुने अजेन्डा छ ।
यस्तै बैठकमा पार्टी अनुशासन आयोगले बुझाएको प्रतिवेदनमाथि छलफल हुने छ। यस्तै समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुनेछ।
त्यसै गरी राष्ट्रिय भेलाको तयारी र कार्ययोजनाबारे पनि बैठकमा छलफल हुने छ। संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशमा विधान संशोधन, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा पनि बैठकमा छलफल हुने छ।


















