सामाजिक सदभाव बिथोल्ने प्रयास : प्रधानमन्त्री ओली

243

काठमाडौं /प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि सामाजिक सदभाव बिथोल्ने प्रयास भइरहेको भन्दै राष्ट्रिय एकताको आवश्यकता रहेको औंल्याएका छन् ।

तमु ल्होसार पर्वको अवसरमा टुँडिखेलामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ‘सदभाव बिथोल्ने प्रयास गर्नेहरुलाई परास्त गरेर अघि बढ्न सबै समुदायलाई आव्हान गरे ।’

प्रधानमन्त्री ओलीले सरकारले सबै क्षेत्रको विभेद अन्त्यका लागि विशेष नीति लिएको पनि स्पष्ट पार्दै पछि परेका जनतालाई अघि बढाएर मुलुकलाई समृद्ध बनाउन आवश्यक प्रबन्ध गरेको दावी गरे ।

संघीयता, धर्म निरपेक्षता, गणतन्त्रबाट कोही पनि पछि हट्न नसक्ने भन्दै उनले सबै जाति र समूदायको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढनुको विकल्प नरहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले नेपाल भूगोलले सानो भएपनि कला, भाषा र संस्कृतिको दृष्टिले विश्वमै सम्पन्न मुलुक भएको उल्लेख गर्दै सबै भाषा, कला र संस्कृतिको विकास गरेर अघि बढन सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here