अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी

235

काठमाण्डौ / पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ( निफ) यहि चैत्र १७ देखि २१ सम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक रूपमा हुने भएको छ । गत बर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको जोखिमका कारण भर्चुअल गरियो। यस बर्ष पनि अवस्थामा सकारात्मक परिवर्तन देखिँदा भर्चुअलबाट प्रत्येक्ष गर्ने निर्णय गरिएको हो। यस महोत्सवमा ३८ देसका ८९ चलचित्र बीच प्रतिस्पर्धा हुनेछ , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ बिधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ । कार्यक्रमलाई प्रत्येक्ष र अन्लाईन मार्फत प्रदर्सन गरिनेछ । निफ २०२२ पनि अघिल्ला संस्करण जस्तै ससक्त र भब्य रूपमा सफल हुने बिश्वास लिएका छौ।
देशी बिदेशी अनुभवी प्रसिद्ध फिल्मकर्मिहरुको सहभागितामा विविध बिधामा कार्यशाला , अन्तरक्रिया र छलफलले नेपाली कला संस्कृति र पर्यटनलाई सहयोग पुर्याउने हुँदा ब्यावसायी सरकार र सरोकारवालाको सहयोग अपरिहार्य मानिएको छ।
आयोजक सदस्यले सागर पाण्डेयले 9860783407 अनुराेध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here