काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस(आरआर) मा केही दिन देखि लागेको तालाबन्दी खुलेको छ ।
मंगलबार क्याम्पसमा विद्यार्थी र प्रशासनबिच भएको छलफलमा चार बुँदे सहमति सहित फागुन २६ बाट लागेको तालाबन्दी खुलाउने निर्णय भएको अङ्ग्रेजी विभाग स्नातकोत्तर तह तेस्रो सेमेस्टारका विद्यार्थी प्रतिनिधि रविकिरण खड्काले जानकारी दिए ।
लगातारको अथक प्रयासपछि आरआर क्याम्पसको इतिहासमा पहिलोपटक स्नातकोत्तर तहका सबै कार्यक्रमका विद्यार्थीहरुलाई १० प्रतिशत छात्रवृत्ति
प्रदान गर्ने र छात्रबृत्ति प्रदान गर्दा नेपालको संविधानमा व्यवस्था भएअनुरुप ५५ प्रतिशत मेरिट लिस्ट र ४५ प्रतिशत मेरिट समावेशीका आधारमा प्रदान गर्ने खड्काले बताए ।
छात्रवृत्ति आउने परिक्षाको नतिजादेखी कार्यान्वयन गर्ने सहमति भएको अर्को विद्यार्थी प्रतिनिधि उज्ज्वल खड्काले बताए । साथै तेश्रो सेमस्टारको शुल्क निर्धारण सम्बन्धि अध्ययन समिती बनाएर ७ दिनभित्र प्रतिवेदन बुझाउने र पत्रकारिता हललाइ सेमिनार हलमा परिणत गरेर स्तरोन्नति गर्ने पनि सहमति भएको छ ।
यी हुन् विद्यार्थी प्रतिनिधि र प्रशासनबिच बसेको छलफलमा भएको निर्णयहरु :
१.स्नातकोत्तर तह तेस्रो सेमेस्टरका विद्यार्थीहरुको शुल्क निर्धारण सम्बन्धी अध्ययन गर्न यस क्याम्पसका
दिवा समूहका सहायक क्याम्पस प्रमुख डा.डोलराज काफ्लेको संयोजकत्वमा अंग्रेजी विभागका
विभागीय प्रमुख श्री तोयानाथ उपाध्याय र लेखा अधिकृत श्री रामकृष्ण श्रेष्ठ सदस्य रहने एक शुल्क
निर्धारण सम्बन्धी अध्यय समिति गठन गर्ने र उक्त समितिले ७ दिनभित्र प्रतिवेदन क्याम्पस प्रशासन
समक्ष पेस गर्ने ।
२. यस क्यम्पसमा सञ्चालित स्नातकोत्तर तहका सबै कार्यक्रमका विद्यार्थीहरुलाई १० प्रतिशत छात्रवृत्ति
प्रदान गर्ने र छात्रबृत्ति प्रदान गर्दा नैपालको संविधानमा व्यवस्था भएअनुरुप ५५ प्रतिशत मेरिट लिस्ट र ४५ प्रतिशत मेरिट समावेशीका आधारमा प्रदान गर्ने साथै यो छात्रवृत्ति अब उप्रान्त हुने परीक्षाका नतिजाहरुका आधारमा लागू हुने
३.’यस क्याम्पसमा रहेको पत्रकारिता हललाई मर्मत सम्भार गरी सेमिनार हलका रुपमा
विकसित गर्ने । विगत केही दिनदेखि काउन्टर, विहानी र दिवा समुहको परीक्षा शाखामा विद्यार्थीहरुले
‘लगाइएको ताला तत्काल खोल्ने ।
४. यस क्याम्पसमा रहेको पत्रकारिता हललाई मर्मत सम्भार गरी सेमिनार हलका रुपमा
विकसित गर्ने ।
५. विगत केही दिनदेखि काउन्टर, विहानी र दिवा समुहको परीक्षा शाखामा विद्यार्थीहरुले लगाइएको ताला तत्काल खोल्ने ।
क्याम्पस प्रशाशन र विद्यार्थीहरुका बीचमा भएको छलफलमा सहभागी भएका यी हुन् प्रतिनिधिहरु :-
१. डा.जीवनधर अवाली क्याम्पस प्रमुख
२. डा.डोलराज काफ्ले सहयाक क्याम्पस प्रमुख दिवा समुह
३.श्री गाविन्द प्रसाद आचार्ग सहायक क्याम्पस प्रमुख बिहानी समूह
४.श्री प्रमिला विडारी सहायक क्याम्पस प्रमुख सायम कालीन समुह
५.श्री उज्वल बहादुर खड्का विद्यार्थी प्रतिनिधि अंग्रेजी विभाग स्नातकोतर तह तेस्रो सेमेस्टर
६.श्री रबिकिरण खड्का विद्यार्थी प्रतिनिधि अंग्रेजी विभाग स्नातकोसर तह तेस्रो सेमेस्टर
७.श्री गणेश बहादुर धानुक विद्यार्थी प्रतिनिधि अंगेजी विभाग स्नातकोत्तर तह तेस्रो सेमेस्टर
८. श्री बिदुर कार्की विद्यार्थी प्रतिनिधि अग्रेजी विमाग स्नातकोत्तर तह तेस्रो सेमेस्टर 


















