काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारले व्यक्तिगत युट्युबलाई नियन्त्रण गर्न नखोजेको प्रष्टीकरण दिएका छन् ।
मंगलबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले व्यक्तिगत युट्युब च्यानलमा सरकारले हस्तक्षेप नगर्ने तर सञ्चार माध्यमको रुपमा सञ्चालित युट्युब टेलिभिजनहरु कानुनको दायरामा आउनुपर्ने बताए ।
अभिव्यक्ति स्वतन्त्रता र वाक स्वतन्त्रताले व्यक्तिगत गोपनीयताको अधिकार हनन गर्न सक्ने भएकाले नियन्त्रण गर्न खोजिएको अर्यालको भनाइ छ । पैसा तिरेर जे पनि गर्न पाइने भन्दै प्रश्न सोध्न थालिएको भन्दै सचिव अर्यालले दर्ता भएपछि कानून अनुसार चलाउनको लागि नियमन गर्र्न लागिएको बताए ।

















