काठमाडौं । मिसेस नेपाल आइडलको छैठौँ संस्करण यहि सोमबार राजधानीको म्यूजिक सिटी, ग्वार्कोमा सम्पन्न भएको छ ।
हिमालयन मुभिजद्धारा आयोजित सो कार्यक्रममा गोकर्णकी कविता राई बिजेता भइन भने करुणा शाह फस्ट रनर अप र साया राइ सेकेन्ड रनर अप घोषित भएका छन ।
त्यस्तै गरि सवटाइटल अवार्ड तर्फ मोस्ट इन्टिलीजेन्ट एवं मोस्ट पपुलर कविता राइ, मोस्ट एट्राक्टीभ एवं मोस्ट पपुलर भिडियो अवार्ड करुणा राइ, बेस्ट फोटोजेनिक साया राई, मोस्ट स्मार्ट अनिता महर्जन, मोस्ट चार्मिङ शुष्मा तामाङ, वेस्ट पर्सनालिटी सन्जु शाही ठकुरी, बेस्ट डिसिप्लीन रसनी तामाङ एवं मोस्ट एयाक्टीभ सुनमाया स्याङतानले हातपार्न सफन भएका छन् ।
हालै वेस्ट फेसनकोरियोग्राफर २०२१ को अवार्ड बिजेता फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पन्न सो कार्यक्रम विवाहित महिलाहरुको क्षमता र प्रतिभा प्रस्फुटन गराउनुका साथै समाजमा महिलाहरुको नेतृत्वदायी भूमिका स्थापित गराउने उद्देश्य लिएको आयोजक पक्षले जनाएको छ । कार्यक्रममा आर्कषक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।
सो कार्यक्रमको निर्णयक मण्डलमा नायिका सन्चिता लुइटेल, नायकएवं मोडल एसराज गराच, मोडल एवं नायिका तेजुला खतिवडा, फेसन डिजाइनर सुक्निता चौलागाइ र मिसेस हिमालयन नेपाल २०२१ भिष्मा नेम्वाङ रहेका थिए ।
स्टुडियो कुवेरको तर्फबाट कुवेर तामाङको फोटोग्राफी रहेको कार्यक्रमलाई काष्ठमण्डप टि.भी.ले सम्प्रेषण गरेको थियो, कार्यक्रमको सञ्चालन नायक एवं मोडल दिक्पाल कार्कीले गरेका थिए ।


















