दोस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न

158

ललितपुर । नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा आयोजना भएको दोस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न भएकाे  छ।

प्रमुख अतिथि मेयर चिरिबाबु महर्जनबाट आगामी वर्ष पनि हुने तेस्रो मेयर कप संस्करणको लागि ललितपुर महानगरपालिकाबाट आगामी बर्षको बजेट विनियोजनको लागि रातो किताबमा उल्लेख नै गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

फागुन २७ र २८ गते दुई दिन भएको प्रतियोगितामा नेपालको विभिन्न जिल्लाहरुबाट दुई सय खेलाडीको उपस्थित थियो। ललितपुरको मंगलबजारको हखामा भएको प्रतियोगितामा पुरुष खुल्ला तौल समूहमा रुपक नेपाली प्रथम,    पुरुष खुल्ला तौल समूहमा सनि सिंह  दाेस्राे, पुरुष ५५ के. जि. तौल समूहमा  ओम तामाङ     प्रथम,   पुरुष ५५ के. जि तौल समूहमा दोस्रो रोशन गोतामे,   पुरुष ६० के. जि तौल समूहमा प्रथम  हितेश रानामगर   पुरुष ६० के. जि तौल समूहमा दोस्रो संजय कुमार गुप्ता,   महिला ५० के. जि तौल समुहमा प्रथम शान्ति थापामगर,   महिला ५० के. जि तौल समुहमा दोस्रो  एकता कुमाल,  महिला ५५ के. जि तौल समुहमा प्रथम  रोहिणी कस्ती,   महिला ५५ के. जि तौल समुहमा दोस्रो  वन्दना ,    महिला खुल्ला तौल समुहमा प्रथम  मन्जु वि.क., महिला खुल्ला तौल समुहमा दोस्रो सुष्मीता सुनुवार,  प्रथम हुने हरेक खेलाडीले नगद रु१५,०००/-  तथा शिल र प्रमाण प्रत्र र त्यसैगरी दोस्रो हुने खेलाडीले रु १०,०००/-  र तेस्रो हुने खेलाडीले रु ५,०००/- क्रमशः पाउनु भयो।

उक्त दोस्रो दिनको कार्यक्रमको समापनपछि पुरस्कार वितरण गर्ने क्रममा पहिलो पटक स्वर्गीय राम जि प्रसाद बज्राचार्य स्मृति पुरस्कार रु ५०,०००/- नगद पुरस्कार प्रथम हुने महिला तथा पुरुष ६ जनाबाट गोलाप्रथा मार्फत वितरण गरिएकोमा आर्मीको शान्ति थापामगरले प्राप्त गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here