अमेरिकामा दसैँले कानुनी रुपमै चाडको मान्यता पाउँदै

122

अमेरिकाको मेरिल्यान्ड राज्यमा दसैँलाई एक सांस्कृतिक चाडका रुपमा मान्यता दिलाउने प्रयासले साकार रुप पाउने भएको छ।

नेपाली मूलका अमेरिकी विधायक ह्यारी भण्डारीले बुधबार एक विज्ञप्ति जारी गरी मेरिल्यान्ड राज्यमा दसैँलाई सांस्कृतिक चाडका रुपमा मान्यता दिलाउन गरिएको विधायिकी प्रयास निर्णायक मोडमा आइपुग्न लागेको जानकारी दिएका हुन्।

उनका अनुसार बुधबार साँझ मेरिल्यान्ड राज्यको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सको स्वास्थ्य तथा सरकार सञ्चालन समितिमा विधेयक बहुमतले पारित भएर संसदको पूर्ण बैठकमा पठाउने निर्णय भएको हो।

विधेयक दुबै दलका सांसदको भारी मत पाएर बाइपार्टिसन विधेयकका रूपमा पारित भएको हो। समितिमा आउनुअघि विधेयक सरकार सञ्चालन उपसमितिमा सर्वसम्मतिले पारित भएको थियो।

अब यो विधेयक संसदको पूर्ण बैठकमा जान्छ र त्यहाँ पारित भएमा यसले अर्को खड्को पार गर्ने छ। माथिल्लो सदन सिनेटमा क्रस फाइल भएको विधेयक त्यहाँ छलफल भएर पूर्ण बैठकको प्रक्रियामा छ। अब दुबै सदनको पूर्ण बैठकले पारित गरेपछि विधेयक गभर्नरकोमा जान्छ। र, गभर्नरले हस्ताक्षर गरेपछि विधेयक कानून बन्छ। कथमकदाचित गर्भनरले हस्ताक्षर नगरे पनि संसदको दुबै सदनमा भिटो प्रुभ्ड बहुमत रहेकाले यो विधेयक कानून बन्छ। अझ, गभर्नरले भिटो प्रहार गरे पनि अर्को संसद सत्रमा भिटो ओभराइड गर्ने संख्या डेमोक्रेटिक पार्टीसँग हुन्छ।

यो विधेयक कानुन बनेमा मेरिल्याण्ड राज्यमा दशै नेपालमा उत्पति भएको एक सांस्कृतिक चाडका रूपमा मान्य हुने छ। र, हरेक वर्ष अक्टोबर ५ मा मेरिल्याण्ड राज्यले आधिकारिक रूपमा ‘दशै डे’ मनाउँछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here