इस्कोन राधाकान्त मन्दिर तोडफोड

141
एजेन्सी । बंगलादेशको राजधानी ढाकामा रहेको इस्कोन राधाकान्त मन्दिरमा बिहीवार २०० भन्दा बढी मानिसले आक्रमण, तोडफोड र लुटपाट गरेका छन् ।
विभिन्न सञ्चारमाध्यममा आएका खबरअनुसार, मन्दिरमा रहेका हिन्दूहरू आक्रमणमा घाइते भएका छन् ।
आक्रमणकारी भीडलाई हाजी शफीउल्लाहले नेतृत्व गरेका थिए । ६ महिनाअघि बंगलादेशको कोमिलामा दुर्गा पूजा चलिरहेको बेलामा हिन्दूहरूमाथि आक्रमण गरिएको थियो । ढाका र चित्तगोङमा समेत त्यसबेला आक्रमणहरू भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here