माकेको चितवन जिल्ला इन्चार्जमा रेणु दाहाल

192

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले चितवन जिल्लाको इन्चार्जमा रेणु दाहाल र संयोजकमा आरसी अधिकारीलाई चयन गरेको छ।

माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकले इन्चार्जको जिम्मेवारी दाहाल र संयोजकको जिम्मेवारी अधिकारीलाई दिएको हो ।

दाहाल भरतपुर महानगरपालिकाकी मेयर हुन्। ऊनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन्। अधिकारी विद्यार्थी राजनीतिबाट आएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here