पछिल्ला दिनहरूमा पोखरामा आन्तरिक पर्यटक निकै बढेका छन् । भारतीय पर्यटकसमेत पोखरा घुम्न थालेका छन् । आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न महोत्सवले सघाउने होटल संघका पूर्व अध्यक्ष भरतराज पराजुली बताउँछन् । रेष्टुरेण्ट एण्ड बार एसोसियसन पोखराले हरेक अंग्रेजी वर्षमा नयाँ वर्ष महोत्सव तथा सडक महोत्सव आयोजना गर्दै आएको छ । अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्षलाई स्वागत गर्न हानले कार्यक्रम गर्न थालेको हो ।
होटल संघले गत ८(११ फागुन सम्म ‘जाउँ है पोखरा’ अभियान पूरा गरेको छ । पूर्वी नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा अन्तरक्रिया र भेटघाट गरेर पर्यटक डाकिएको हो । सोही क्रममा महोत्सव घुम्नका लागि समेत निम्ता दिइएको सुवेदीले जानकारी दिए ।


















