सत्यमोहन जोशीले भने, नेपालको धर्म र संस्कृति नस्ट गर्न सरकारले गुठी विधयेक ल्याएको हो

249

काठमाडौं– वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले पनि प्रस्तावित गुठी विधयेकको विरोध गरेका छन् ।

बुधबार काठमाडौंको मखनस्थित तारिणी भवानीको ११९३औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने ‘नेपालको मौलिक धर्म र संस्कृति नस्ट गर्न सरकारले गुठी विधयेक ल्याएको हो।’

मेलम्ची ल्याएर जनतालाई सुख दिनुभन्दा पनि सरकारले देशको पहिचानसँग गाँसिएको गुठी प्रणालीको नस्ट गर्न खोजेर दुःख दिएको जनाए ।

जोशीले नेपाल देव भूमि हो यहाँ विभिन्न देवी–देवता र शक्तिहरुकोसमेत बास रहेकाले धर्म, संस्कृति नस्ट गर्नेहरुले ढिलोचाँडो परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here