व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

49

काठमाडौं ।  समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले माघ १९ गते शुक्रबार खरेन्द्रपुर शाखा, २० गते शनिवार मधुवन शाखा र २१ गते आइतबार औराही शाखामा कार्यक्रम सम्पन्न गरेको हो । व्यापार व्यवसायमा संलग्न व्यवसायीहरु र वचतकर्ताले फाइनान्सबाट लाभान्वित हुन सक्ने सेवा सुविधा तथा वित्तिय परामर्शको साथै फाइनान्सबाट प्राप्त सुविधाको सदुपयोग गर्ने सम्वन्धी अन्तरक्रिया गर्दै व्यवसायीहरुसँँग अझ प्रगाढ सम्वन्ध बनाउन फाइनान्सले गर्नुपर्ने प्रयासलाई मुख्य विषय बनाइएको थियो ।

खरेन्द्रपुर शाखाबाट २० जना, मधुवन शाखाबाट १९ जना र औराही शाखाबाट २२ जना व्यवसायीहरुंले आफ्नो सहभागीता जनाई संस्थाको निक्षेप, चल्ती र मुद्धती खाता, कर्जा वितरण तथा विद्युतीय बैकिंग सुविधाको जानकारी लिनुका साथै पछिल्लो समयमा वित्तिय क्षेत्रमा आएका चुनौति, समस्या र समाधानका विषयमा छलफल भएको हो । साथै उक्त व्यवसायीहरुले व्यवसाय प्रवद्धर्नका लागि फाइनान्सको मुख्य भुमिका रहने बताए ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल तेह्र वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here