आज छापावाल सुन तोलामा ९९ हजार पाँच सय रूपैयाँमा कारोबार

168

काठमाडाैं । साताको पहिलो दिन घटेको सुनको मूल्य सोमबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ६ सय रूपैयाँ घटेको सुनको मुल्य आज तीन सय रूपैयाँ घटेको हो ।

आज छापावाल सुन तोलामा ९९ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन तोलामा  ९९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।  आज तेजावी सुनको मुल्य प्रतितोला  ९९ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य स्थिर छ । महासंघका अनुसार आज चाँदी आइतबारकै मूल्य तोलामा एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here