२४ घण्टामा ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

98

काठमाडौं । पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९७८ पीसीआर परीक्षणमा ४१ जना र एक हजार ७७४ एन्टिजेन परीक्षणमा चार जना गरी ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १४७ रहेको छ, पछिल्लो २४ घण्टामा संक्रमणका कारण कसैको मृत्यु भएको छैन ।

अहिलेसम्म देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १३५ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here