सुन १ लाख ३ सय रुपैयाँमा काराेबार 

53

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनकाे मूल्य १ हजार एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ताेलाको १ लाख ३ सय रुपैयाँमा काराेबार भएको छ ।

बुधबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । बुधबार १ हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here