सुमितदास रञ्जितकारसहित दर्जनाैं कार्यकर्ता नेकपा एमाेलेमा प्रवेश

107

काठमाडौं  ।  बबरमहलमा  नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकबाट अध्यक्ष केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका बाग्मती प्रदेश सदस्य, बागमती प्रदेश सम्पदा तथा वातावरण विभाग प्रमुख युवा नेता सुमितदास रञ्जितकारसहित दुई दर्जन बढी नेता तथा कार्यकताहरु  नेकपा एमालेमा प्रवेश गरेका छन्।

भखर्रै मात्र नेपाल कम्युनिष्ट पार्टी, एमाले काठमाडौं महानगर सदस्य, सम्पदा तथा वातावरण विभाग प्रमुख भएका रन्जितकारले ‘आफूले बिगत ८ बर्षदेखि हाम्रो देशको पहिचानसित जोडिएको गौरव मुर्त, अमुर्त सम्पदाहरुका संरक्षण, संम्बद्धन गर्दै आइरहेको जनाएका छन् । नेकपा एमाले भएपश्चात सो कार्यलाई अझ बृहत रुपमा आगामी दिनमा नयाँ योजनाका साथ अघि बढ्ने जनाए । ‘आफुहरुको अग्रगामी विचारसित विवेकशील साझा पार्टीसंग विचार, नीति, सिद्धान्त नमिल्ने भएकाले एमाले प्रवेश गरेको जनाए ।’

सो बिभाग अन्तर्गतका दिपेश बैध, रितेश मल्ल ,रुजिना श्रेष्ठ ,उज्जला स्थापित, शिशिर दर्शनधारी, लक्ष्मण मुनिकार, राज रञ्जितकार, सुरज तन्डुकार, उपेन शाक्य, सुमन मानन्धर, विराज उपाध्याय, रचना कर्माचार्य, अमृत रिजाल, रबि श्रेष्ठ, सबिन श्रेष्ठ, सनोज राणा, सुयस श्रेष्ठ, रुपक श्रेष्ठ र मदन श्रेष्ठसहित दर्जनौं नेता तथा कार्यकताहरु नेकपा एमालेमा प्रवेश गरेका हुन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here