सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जना मृत्यु, ३० जना घाइते

78

जनकपुरधाम । सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

आइतवार पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ४ ख ८५५५ नम्बरको बस फुलजोर खोलास्थित पुलको बार भत्काउँदै खसेकाे प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

मृत्यु हुनेहरुको सनाखत भएको छैन। दुर्घटनामा परेर घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ। बसको अगाडिको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेको प्रहरीको आश‌ंका छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here