नेपाल बैंकको एक्सटेन्सन काउन्टर धरानको महेन्द्र बहुमुखी क्याम्पसमा

165

धरान–१० स्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर स्थापना गरिएको छ । नेपाल बैंक लि.संचालक समिति सदस्य डा. सावित्री रंजित श्रेष्ठ र महेन्द्र बहुमुखीका क्याम्पस प्रमुख
दामोदर भण्डारीले संयुक्त रुपमा विधिवत उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा संचालक समिति सदस्य डा.श्रेष्ठले वि.स. १९९४ मा स्थापित देश कै पहिलो बैंकले देशका विभिन्न भूगोल र क्षेत्रमा आफुलाई उभ्याउँदै बैंकिङ्ग सेवा दिने क्रममा यस क्याम्पसमा बैंकिङ्ग सेवाको लागि एक्सटेन्सन काउन्टर स्थापना गरेको बताए । यसैगरी क्याम्पस प्रमुख भण्डारीले पुरानो बैंकिङ्ग इतिहास र अनुभव भएको बैंकको एक्सटेन्सन काउन्टर क्याम्पस परिसरमा संचालन हुन गएकोमा सहर्ष धन्यवाद दिँदै बैंकको सेवा प्रवाह उच्चस्तरीय रहेको र बैंकले प्रस्ताव गरेका विभिन्न डिजिटल लगायत बैंकिङ प्रडक्ट क्याम्पसले प्रयोग गरी लाभान्वित पनि भईरहेको सन्दर्भ उल्लेख गरे ।

नेपाल बैंक लिमिटेडका नेपालभर द्दज्ञघ शाखाहरु, ज्ञद्धठ ए६िएम साथै…..मार्फत करिब द्दण् लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here