‘एक्का ट्रायल’ सार्वजनिक

199

काठमाडौं । भक्तराज आचार्यले गाउनु भएको ‘जतिचोट दिन्छौ देउ मायालु’ का चर्चित गीतकार सुवाश चन्द्र ढुङगेलको शब्द रचनामा ‘एक्का टायल’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भिडियो सार्वजनिक कार्यक्रमका अतिथिमा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का रहनु भएको थियो ।

गीतमा राजन राज सिवकोती र रचन रिमालको स्वर तथा गायक तथा संगीतकार सिवाकोटिकै संगीत रहेको छ । रबिन्द्र खड्काकै निर्देशन रहेको भिडियोमा वरिष्ठ न्रित्य निर्देशक कमल राईको कोरियोग्राफी रहेको छ । भिडियोमा धर्मेन्द्र आचार्य, पवित्रा आचार्य लगयातको अभिनय रहेको छ ।

भिडियोमा ब्यवस्थापनको जिम्मा राजेश महर्जन, छायांकन शिव तथा ढकाल तथा सम्पादन बनिस शाहको रहेको छ । भिडियो वरिष्ठ गीतकार सुवाश चन्द्र ढुङेलको अफिसियल युट्युब च्यानल मार्फत रिलिज गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here