विवेकशील साझामा तनाबले उग्र रूप लियाे

81

काठमाडौं ।  विवेकशील साझा पार्टीभित्र बढ्दै गएको समस्याले थप उग्र रुप लिएको छ। सोही कारण मंगलबार पार्टी कार्यालयमा तनाबको स्थिति उत्पन्न भएको छ।

केही समयअघि रवीन्द्र मिश्रले मिलन पाण्डेलाई पदमुक्त गरेका थिए। तर, सो पार्टीको अर्को एक पक्षले मिश्रलाई किन अध्यक्षबाट नहटाउने भन्दै स्पष्टीकरण सोधेको छ। स्पष्टीकरण सोध्ने पक्षले पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्न लागेपछि अर्को पक्षले अवरोध गरेको थियो।

पत्रकार सम्मेलनलाई अवरोध गर्दै गुटको भेला गर्न नपाइने भन्दै नाराबाजी गरेका थिए। त्यसपछि तनाबको स्थिति सिर्जना भएको हो। अहिले प्रहरीको सहायतामा दुवै पक्षलाई कार्यालय परिसरबाट बाहिर निकालिएको छ।

सो पक्षका नेता निर्देश सिलवालले विवेकशील साझा पार्टीलाई मिश्रले राप्रपामा लैजान लागेको भन्दै आफूहरुले विरोध गरेको बताए। ‘विवेकशील साझा कुनै पनि हालतमा राप्रपाकरण हुन सक्दैन। राप्रपासँग एकीकरणका लागि सहमति जनाउन सक्दैनौँ। हामी निर्वाचन आयोगमा पनि गइसकेका छौँ’, कार्यालय परिसरमा उनले भने।

मिश्रले राप्रपासँग एकताको लागि प्रयास गरिरहेका छन्। अधिकांश कुरा मिलिसकेको नेताहरुको भनाइ छ। सिलवालले भने आफूहरु राप्रपामा नजाने र राजावादी नहुने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here