अस्करमा ‘ड्राइभ माई कार’ उत्कृष्ट चलचित्र

98

काठमाडौं । ९४औं एकेडेमी अवार्ड (अस्कर)मा जापानी चलचित्र ‘ड्राइभ माई कार’ उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्र बनेको छ। सोमबार अमेरिकाको लस एन्जेल्सस्थित डल्बी थिएटरमा भएको कार्यक्रममा फिल्मलाई उत्कृष्ट अन्तराष्ट्रिय फिचर फिल्मको अवार्ड दिइएको हो।

उत्कृष्ट अन्तराष्ट्रिय फिचर फिल्म विधामा विभिन्न देशका ५ चलचित्रहरु समावेश थिए। जापानी फिल्म ‘ड्राइभ माइ कार’, भुटानी चलचित्र ‘लुनानाः अ याक इन द क्लाररुम’, ‘इटालियन फिल्म द ह्याण्ड अफ गड’, डेनिस फिल्म ‘फ्लि’ र नर्वेजियन फिल्म ‘द वर्सट पर्सन इन द वल्र्ड’ उक्त विधामा छानिएका थिए। यीमध्येबाट ‘ड्राइभ माई कार’ उत्कृष्ट अन्तराष्ट्रिय फिचर फिल्म बनेको हो।

जापनी लेखक हारुकी मुराकामीको पुस्तक ‘ड्राइभ माई कार’मा आधारित रहेको  चलचित्रलाई र्युसुके हामागुचीले निर्देशन गरेका हुन्।  चलचित्रमा हिडेतोसी निशीजिमा, टोको मिउरा, रेइका किरिशीमालगायतका कलाकारको अभिनय रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here