सूर्य नेपाल वेस्टर्न ओपन हुने

174

काठमाडौं । नेपाल प्रोफेसनल गल्फर एसोसियसनको आयोजनामा बुधबारदेखि सूर्य नेपाल वेस्टर्न ओपन हुने भएको छ। हिमालयन गल्फ कोर्ष, पोखरामा हुने प्रतियोगितामा ५४ होल्समा खेल हुनेछ।

सूर्य नेपाल प्राइभेट लिमिटेडको प्रायोजन रहेको प्रतियोगितामा ३० प्रोफेसनल र १५ एम्च्योरहरू सहभागी हुने आयोजकले जनाएको छ।

शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख ३५ हजार रुपैयाँ, उपविजेताले ८८ हजार रुपैयाँ र तेस्रो हुने व्यक्तिले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यस्तै, उत्कृष्ट २१ खेलाडीलाई पनि नगदले सम्मान गरिने आयोजकले बताएको छ। प्रतियोगितामा भुवन नगरकोटी, सञ्जय लामा, धना थापा र रमी मगरलाई वेस्टर्न ओपनको दाबेदारको रूपमा हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here