काठमाडौं । मोरङकाे बिराटनगर महानगरपालिका-१९ खदरा टोल बस्ने रामचन्द्र साहको गहुँ दाउनी गर्ने क्रममा थ्रेसर मेशिनबाट आगोको झिल्का निस्कन गई सोही ठाउँस्थित मदन पाण्डेको परालमा आगो सल्किएर छेउमा रहेको २ वटा कुखुरा फर्म र घरमा समेत बुधबार दिउँसो आगलागी हुँदा करिब ९ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
धनुषाकाे जनकपुर उपमहानगरपालिका-८ बस्ने अबध किशोर यादवको घरमा करेन्ट सर्ट भई बुधबार साँझ आगलागी हुँदा घर र ज.१ बा ३४५ नम्बरको मोटरसाइकल समेत जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै आगलागीमा जलेर घाइते भएका सोही ठाउँ बस्ने धिरेन्द्र पण्डितको छोरा १२ वर्षीय सुरज पण्डितको जानकी हेल्थ केयर जनकपुरमा उपचार भइरहेको छ । प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ


















