राज्यको ध्यान बहाल संरक्षणमा कतिको छ ?

105

काठमाडौं ।   बौद्ध धर्मका हिसाबले महत्वपूर्ण बिहारहरु भएको बिहार शहर हो । याे बिहार एैतिहासिक र अध्यात्मिकताबाट पनि महत्वपूर्ण छ । २०७० सालको भुइचालोपछि धेरै बिहारहरु क्षति भए ‘धेरै बहाल बहिहरु संरक्षणको पर्खाइमा रहेको छ ।’ यसै गरि एक काठमाडौंको यटखा टोल रहेको यटखा पनि एक महत्वपूर्ण बहाल जुन भुकम्पपछि पुननिर्माण भएको अवस्था छ ।
यटखा बहाल काठमाडौं दरवार क्षेत्रबाट उत्तरी भाग काठमाडौं नगरपालिका वडा १९ मा अवस्थित एक महत्व बहाल हो । जुन काठमाडौंको भित्री मध्य भागमा रहेको छ । यो उपत्यकाको प्राचीन बहाल हो । ७२ सालको भुकम्पमा सामान्य क्षति पुगेको यस बहाललाई प्रदेश सांसद राजेशकाजी शाक्य तथा स्थानीयहरुको सक्रियतामा पुनः निर्माण कार्य सम्भव भएको हो । बहाललाई भाष्कर कृति बिहार भनेर पनि चिनिन्छ यस बवहालमा अशोक स्तुपा र कवापाछेँ रहेको छ । यस बहाल राजा अशोकले बनाउन लागाएको स्थानिय लक्ष्मी नारायण महर्जन बताउनु हुन्छ ।
क लक्ष्मी नारायण महर्जनका अनुसार लिच्छबीकालिन समयमा निर्माण भएको यस बहालमा नेवाः वास्तु कला झल्कने घरहरु रहेको पाइन्छ । वि.सं. २०७२ सालको भुकम्प पश्चात धेरै कलात्मक निजी घरहरु पक्की घरमा परिणत भै सके भन्ने केहि घरहरुको भगनावशेष अझै हामी देख्न सक्छाैं । वडा स्तरबाट कुनै सहयोग नभए पनि स्थानियहरु सबै एक जुट भएर बहाल पुननिर्माणको कार्यमा लागि परेको र उक्त कार्यमा बाग्मती प्रदेश संसद राजेशकाजी शाक्यको प्रदेश बिकास कोषबाट ८५ लाख निकासा भएको रकमबाट बहाल पुनः निर्माण भएको लक्ष्मी नारायाण महर्जन बताउनु हुन्छ ।
बौद्व धर्मवलाम्बीहरुका लागि यो बहाल एकदम महत्वपूर्ण बहाल हो । हरेक सम्पदाको संरचन गर्न स्थानीय मात्रै अगाडि बढ्ने हो भन्ने नेपाल सरकारका सम्पदा संरक्षण गर्ने भनेर गठन गरिएका निकायको के काम भन्ने स्थानियहरुको प्रश्न रही आएको छ काठमाडौं दरवार क्षेत्रबाट निकै नजिक भएर पनि यो बहाल सरकारी स्तरबाट संरक्षित नहुनुले पनि राज्यको ध्यान यस्ता सम्पदाहरुमा कतिको छ भन्ने कुरा प्रष्ट हुँदैन र ? मनिष कुमार श्रेष्ठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here