पाँच दलीय गठबन्धनले टाला पनि मिलाएर बनाउन जानेको छैन : ओली

65

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई केटाकेटीको खेल भएको जनाएका छन्। सोमबार प्रगतिशील इन्जिनियर्स एसोसिएसन नेपालको कार्यक्रममा सम्बोधन गर्दै उनले सो गठबन्धन अदालतले बनाइदिएको आरोप लगाए।

‘पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि, यो दुई दिनको केटाकेटीको खेल हो। अदालतले ल्याएर जोडजाड गरिदिएको पुतली। टालाटुली बटुली कति राम्रा पुतली भनेजस्तो यी टालाटुली बटुलेका पुतलीहरु राम्रा पनि छैन। टाला पनि मिलाएर बनाउन जानेको छैन’, उनले भने।

ओलीले यो गठबन्धन अस्थायी भएको बताए। ‘स्थायी कुरा जनताको आदेश हो। जनताको आदेश के थियो र के आउँछ भन्ने कुरा आगामी निर्वाचनले देखाउँछ’, उनको भनाइ छ ।

त्यतिबेला विपक्षी गठबन्धन बनेकै कारण ओलीको सत्ता बहिर्गन सम्भव भएको थियो। सत्ताबाट बाहिरिएका ओलीले त्यसयता गठबन्धनप्रति आक्रोश पोख्ने गरेका छन्। आइतबारकै एक कार्यक्रममा उनले गठबन्धनलाई भयानक अपराध भनेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here