बी डिभिजनमा ब्वाइज युनियनको जित

67
काठमाडाैं । सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत बुधबारको खेलमा ब्वाइज युनियन क्लब विजयी भएको छ ।

ब्वाइज युनियनले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यपुर युथ एसोसिएसनमाथि १-० को कठिन जित हात पारेको हो ।

खेलको २० औं मिनेटमा रिवस मास्कले गरेको एक मात्र गोल ब्वाइज युनियनलाई जित दिलाउन निर्णायक बन्यो ।  जितसँगै ब्वाइज युनियन १२ खेलमा १३ अंक जोड्दै १२ औं स्थानमा उक्लिँदा पराजित मध्यपुर समान खेलबाट १४ अंकका साथ ११ औं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here