स्थानीय तह निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन जारी

116

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन जारी गरेको छ । मंगलबार आयोगले ६० बुँदे निर्देशन जारी गर्दै चुनावी प्रचारप्रसाको समय तोकेको छ । राजनीतिक दलले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै चुनाव प्रचारप्रसार गर्न पाउने भएको छ ।
‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचारप्रसारको कार्यक्रम गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने,’आयोगको निर्देशमा उल्लेख छ ।
यसैगरी, जुलुस, आमसभा वा प्रचारप्रसार गर्दा दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी पा क्याप, भेष्ट टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा बोक्न नपाइने निर्देशनमा उल्लेख छ ।
त्यस्तै, दलको झण्डा वा दल वा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाइ सार्वजनिक प्रदर्शन गर्न वा गराउन पनि आयोगले रोक लगाएको छ ।
आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नुपर्ने भएको छ ।
त्यस्तै, कुनै राजनीतिक दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधान प्रयोग गरी मतदाताहरु ओसारपसार गर्न वा सम्बन्धित स्थान तोकी प्रयोग गर्ने गरी अनुमति लिएको सवारी साधन अन्य स्थानमा प्रयोग गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य राजनीतिक दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने आदेशमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here