निर्वाचन बहिस्कार अभियान सशक्त बन्दै

68

काठमाडौं  ।  संसदबादी धारका राजनीतिक दलहरु चुनावी प्रचार अभियानमा तयार भइरहेका बेला चुनाव बहिष्कार अभियानमा लागेकाहरुले पनि व्यापक तयारी गरिरहेका छन् । नेकपा (क्रान्तिकारी—माओवादी), वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपालगायतका विभिन्न राजनीतिक दलहरुबीच स्थानीय निकायको निर्वाचन सकृय बहिष्कार गर्ने सम्बन्धमा सम्झदारी बनेको थाहा भएको छ । यसैक्रममा नेकपा (क्रन्तिकारी—माओवादी) ले ‘प्रतिक्रियावादी स्थानीय निर्वाचन बहिष्कार गरौं ! नयाँ जनवादी क्रान्तिको तयारीमा जुटौं !’ भन्ने मूल नारा तय गरेको छ । तयारी, प्रचारात्मक र प्रतिरोधात्मक गरी तीन चरणमा सम्पन्न गर्न लागिएको बहिस्कार आन्दोलनको पहिलो तयारीको चरण अन्तर्गत पार्टी, संयुक्त मोर्चा र जवस मोर्चाका बैठकहरु सम्पन्न हुने क्रममा रहेका छन् भने प्रचारात्मक आन्दोलन पनि एकसाथ अगाडि बढाइएको जनाइएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)ले भर्खरै पार्टीको तर्पmबाट एक अपिल पत्र र बहिस्कारसम्बन्धी पोस्टर सार्वजनिक गरेको छ । पोस्टरिङ, पम्प्लेटिङ, भित्तेलेखन, कोणसभा र टोलसभाका योजनाहरु कार्यान्वयनको चरणमा रहेको जनाइएको छ ।
‘प्रतिक्रियावादी स्थानीय निर्वाचन बहिष्कार गरौं ! नयाँ जनवादी क्रान्तिको तयारीमा जुटौं !’ भन्ने शीर्षकमा पार्टीको केन्द्रीय समितिले जारी गरेको अपिलमा ‘स्थानीय निर्वाचन बहिष्कार किन ? भन्ने प्रश्नको ८ वटा बुँदामा कारणसहित जवाफ दिंदै भनिएको छ ः—
१. वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थाका विरुद्ध र विकल्पमा संघीय जनगणतन्त्रको स्थापनाका लागि निरन्तर संघर्ष गर्दै जान ऐतिहासिक दृष्टिले अनिवार्य बन्न गएको,
२. सिंहदरवारमा हुँदै आएको भ्रष्टाचार स्थानीय तहसम्म पुग्दै गएको,
३. सम्पूर्ण सत्ता अझै केन्द्रीकृत भएको, बन जङ्गल, जडीबुटी, भूसम्बन्ध, नदीनाला, खनिज, विकास, निर्माण, सबै क्षेत्रमा जनतालाई अधिकार र स्वायत्तता नदिइएको,
४. गत निर्वाचनहरुमा झैं यस निर्वाचनमा पनि प्रतिक्रियावादी, अवसरवादी तथा भ्रष्ट तत्वहरुद्वारा पैसाको खोलो बगाउने अवस्था देखिएको,
५. सत्ताधारी तथा सत्ताका प्रत्याशी रहिआएका तत्व तथा दलहरुद्वारा अत्यधिक रुपमा साधन स्रोतहरुको दुरुपयोग गर्ने स्पष्ट हुँदै आएको,
६. स्वच्छ तथा निष्पक्ष निर्वाचनको कुनै संभावना नरहेको र नदेखिएको,
७. अहिले संसदमा राष्ट्रघाती एमसीसी संझौता अनुमोदन गर्ने काममा लागेका प्रतिक्रियावादी तथा कम्युनिस्ट नामधारी दक्षिणपन्थी संशोधनवादी तत्वहरुको अझै भण्डाफोर गर्न अति जरुरी भएको र
८. वर्तमान राज्यसत्ताका कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिका तीनओटै अङ्ग असफल बन्दै गए पनि राज्यसत्ता नोकरशाही संयन्त्रको बलमा टिकिरहेकोले– हाम्रो पार्टी जनविरोधी स्थानीय निर्वाचनको सक्रिय बहिष्कार गर्न एकदमै सही र उपयुक्त ठान्दछ ।
देश र जनताको हित, मुक्ति र अधिकार प्राप्तिका लागि निरन्तर संघर्ष गर्दै जान अपरिहार्य बन्न गएको उल्लेख गर्दै जनसमुदायको नाममा जारी गरिएको अपिलमा भनिएको छ ः— ‘राष्ट्रियता, जनतन्त्र, र जनजीविकाका समस्या झनै गम्भीर र विकराल बन्दै आएका छन् । लिम्पियाधुरा, कालापानी, लिपुलेकका साथै सुस्ता सहितका देशका भूभागमा भारतीय विस्तारवादको अतिक्रमण तथा हस्तक्षेप भएकोमा सत्ताधारीहरु मौन बनेर बसेका छन् । मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेशी मुस्लिम र पिछडिएको क्षेत्रका जनताका जनतान्त्रिक हक अधिकार र जनजीविकाका समस्याहरुको समाधान तर्फ कुनै ध्यान दिइएको छैन । महङ्गी चरम बन्दै गएको छ । देशको अर्थतन्त्र साम्राज्यवादी नवउदारवाद र भारतीय विस्तारवादको चङ्गुलमा परेको छ । यस स्थितिमा देश र जनताको हित, मुक्ति र अधिकार प्राप्तिका लागि निरन्तर संघर्ष गर्दै जान अपरिहार्य बन्न गएको छ ।’
यही चैत १३ जारी गरिएको अपिलमा भनिएको छ ः— कथित स्थानीय निर्वाचन बहिष्कार गरौं !, राष्ट्रघाती एमसीसी सम्झौता — खारेज गर !, भारतद्वारा अतिक्रमित कालापानी सहितका भूभाग — मुक्त गरौं !, संघीय जनगणतन्त्र — स्थापना गरौं !, नयाँ जनवादी क्रान्ति — जिन्दावाद !, माक्र्सवाद–लेनिनवाद–माओवाद — जिन्दावाद !, प्रतिक्रियावादी राज्यसत्ता र व्यवस्था — मुर्दावाद !, भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद, दक्षिणपन्थी संशोधनवाद — मुर्दावाद !, वीर सहिदहरु — लालसलाम !, ने.क.पा.(क्रान्तिकारी माओवादी) — जिन्दावाद !
क्रान्तिकारी माओवादीले बहिस्कार आन्दोलनलाई देशव्यापी रुपमा प्रभावकारी तुल्याउन आवश्यकता अनुसार प्रतिरोध संघर्ष समेत सञ्चालन गर्ने तयारी गरेको थाहा भएको छ ।
ठाउँ ठाउँमा जनताले ‘नो भोट’ अभियान समेत सक्रिय रुपमा चलाइरहेका छन् ।
पार्टीले जारी गरेको अपिलको पूर्ण अंश यसप्रकार छ ः—
‘प्रतिक्रियावादी स्थानीय निर्वाचन बहिष्कार गरौं ! नयाँ जनवादी क्रान्तिको तयारीमा जुटौं !’
आदरणीय जनसमुदाय,
वर्तमान दलाल तथा नोकरशाही पुँजीपति र सामन्त वर्गीय राज्यसत्ता तथा व्यवस्थाका विरुद्ध नयाँ जनवादी राज्यसत्ताको स्थापनाका लागि अनेकौं जनआन्दोलन, संघर्ष र दश वर्षीय जनयुद्ध भएका छन् । यी संघर्षहरुमा विशाल संख्यामा जनताका छोराछोरीहरुले सहादत प्राप्त गरेका छन् । कैयौं राज्यद्वारा वेपत्ता पारिएका छन्, कैयौं घाइते तथा अपाङ्ग बनाइएका छन् । परन्तु, प्रतिक्रियावादी षडयन्त्र, अवसरवादीहरुका धोका तथा गद्दारीका कारण ती संघर्ष सफल हुन सकेनन् र जनमुक्तिका सपना अधुरै रहे । हालका वर्षहरुमा पनि विभिन्न जनविरोधी सरकारहरुद्वारा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका निम्ति संघर्षमा उत्रिंदै आएका जनताका आवाज सुन्नुको सट्टा उल्टै दमनमा उत्रने काम भएका छन् । यी सबै तथ्य र यथार्थलाई आत्मसात गर्दै २०७९ साल वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको हाम्रो पार्टीले बहिष्कार गर्ने निर्णय गरेको छ ।
स्थानीय निर्वाचन बहिष्कार किन ? किन भने ः
१. वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थाका विरुद्ध र विकल्पमा संघीय जनगणतन्त्रको स्थापनाका लागि निरन्तर संघर्ष गर्दै जान ऐतिहासिक दृष्टिले अनिवार्य बन्न गएको,
२. सिंहदरवारमा हुँदै आएको भ्रष्टाचार स्थानीय तहसम्म पुग्दै गएको,
३. सम्पूर्ण सत्ता अझै केन्द्रीकृत भएको, बन जङ्गल, जडीबुटी, भूसम्बन्ध, नदीनाला, खनिज, विकास, निर्माण, सबै क्षेत्रमा जनतालाई अधिकार र स्वायत्तता नदिइएको,
४. गत निर्वाचनहरुमा झैं यस निर्वाचनमा पनि प्रतिक्रियावादी, अवसरवादी तथा भ्रष्ट तत्वहरुद्वारा पैसाको खोलो बगाउने अवस्था देखिएको,
५. सत्ताधारी तथा सत्ताका प्रत्याशी रहिआएका तत्व तथा दलहरुद्वारा अत्यधिक रुपमा साधन स्रोतहरुको दुरुपयोग गर्ने स्पष्ट हुँदै आएको,
६. स्वच्छ तथा निष्पक्ष निर्वाचनको कुनै संभावना नरहेको र नदेखिएको,
७. अहिले संसदमा राष्ट्रघाती एमसीसी संझौता अनुमोदन गर्ने काममा लागेका प्रतिक्रियावादी तथा कम्युनिस्ट नामधारी दक्षिणपन्थी संशोधनवादी तत्वहरुको अझै भण्डाफोर गर्न अति जरुरी भएको र
८. वर्तमान राज्यसत्ताका कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिका तीनओटै अङ्ग असफल बन्दै गए पनि राज्यसत्ता नोकरशाही संयन्त्रको बलमा टिकिरहेकोले
हाम्रो पार्टी जनविरोधी स्थानीय निर्वाचनको सक्रिय बहिष्कार गर्न एकदमै सही र उपयुक्त ठान्दछ ।
परिवर्तनकामी जनसमुदाय,
राष्ट्रियता, जनतन्त्र, र जनजीविकाका समस्या झनै गम्भीर र विकराल बन्दै आएका छन् । लिम्पियाधुरा, कालापानी, लिपुलेकका साथै सुस्ता सहितका देशका भूभागमा भारतीय विस्तारवादको अतिक्रमण तथा हस्तक्षेप भएकोमा सत्ताधारीहरु मौन बनेर बसेका छन् । मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेशी मुस्लिम र पिछडिएको क्षेत्रका जनताका जनतान्त्रिक हक अधिकार र जनजीविकाका समस्याहरुको समाधान तर्फ कुनै ध्यान दिइएको छैन । महङ्गी चरम बन्दै गएको छ । देशको अर्थतन्त्र साम्राज्यवादी नवउदारवाद र भारतीय विस्तारवादको चङ्गुलमा परेको छ । यस स्थितिमा देश र जनताको हित, मुक्ति र अधिकार प्राप्तिका लागि निरन्तर संघर्ष गर्दै जान अपरिहार्य बन्न गएको छ ।
तसर्थ, हाम्रो पार्टी आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको सशक्त रुपमा बहिष्कार गर्न र बहिष्कार आन्दोलनलाई सफल तुल्याउनका लागि सम्पूर्ण जनसमुदायमा विनम्रतापूर्वक हार्दिक अपिल गर्दछ ।
हाम्रा नाराहरु ः
१ कथित स्थानीय निर्वाचन बहिष्कार गरौं !
२ राष्ट्रघाती एमसीसी सम्झौता — खारेज गर !
३ भारतद्वारा अतिक्रमित कालापानी सहितका भूभाग — मुक्त गरौं !
४ संघीय जनगणतन्त्र — स्थापना गरौं !
५ नयाँ जनवादी क्रान्ति — जिन्दावाद !
६ माक्र्सवाद–लेनिनवाद–माओवाद — जिन्दावाद !
७ प्रतिक्रियावादी राज्यसत्ता र व्यवस्था — मुर्दावाद !
९ भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद, दक्षिणपन्थी संशोधनवाद — मुर्दावाद !
१० वीर सहिदहरु — लालसलाम !
११ ने.क.पा.(क्रान्तिकारी माओवादी) — जिन्दावाद !
१२ मिति ः २०७८ चैत्र १३
केन्द्रीय समिति
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)’
गत फागुन २५ देखि २९ गते सम्म बसेको नेकपा ( क्रान्तिकारी—माओवादी) को केन्द्रीय समिति बैठकले आसन्न स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार बहिष्कारकारका कार्यक्रमहरु तय गरिएको जनाइएको छ । जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here