सुन तोलामा ५ सय रुपैयाँका दरले बढ्याे

80

काठमाडौं ।  नेपाली बजारमा बिहीवार सुनको मूल्य बढेको छ। अघिल्लो दिन ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको हो।

आज सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुन ९८ हजार ५  सय रुपैयाँमा कारोबार भइरहेको छ।    त्यसैगरी, आज चाँदीको मूल्य  पनि तोलामा १० रुपैयाँले बढेर १३४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला १ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here