युक्रेनी सरकारसँग ईयूको अन्तरक्रियालाई बढाउने र युक्रेनी नागरिकहरूलाई सहयोग गर्ने

131

किभ–युक्रेनमा रुसी आक्रमणपछि अस्थायी रूपमा पोल्याण्डबाट गर्दै आएको आफ्ना कूटनीतिक कार्य पुनः राजधानी किभबाट गर्ने युरोपेली युनियनले जनाएको छ ।

ईयूको पछिल्लो कदमले युक्रेनी सरकारसँग ईयूको अन्तरक्रियालाई बढाउने र युक्रेनी नागरिकहरूलाई सहयोग गर्ने शीर्ष कूटनीतिज्ञ जोसेप बोरेलले विश्वास व्यक्त गरे ।

युक्रेनमा रुसले २४ फेब्रुवरीमा हमला गरेपछि केही पश्चिमा देशहरुले आफ्ना कूटनीतिक नियोग बन्द गरेर कर्मचारीलाई स्वदेश बोलाएका थिए ।
रुसले आफ्नो हमला पूर्वी युक्रेनमा केन्द्रित गरेको छ ।

यसैबीच, युक्रेनमाथि आक्रमण गरेको ४४ औँ दिन पुग्दा युद्धमा ठूलो क्षति बेहोरेको मस्काेले स्वीकार गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here