आज चैते दसैँ

231

काठमाडौं । आज चैत शुक्ल अष्टमी तथा चैते दसैँ मनाइँदैछ । परम्परा अनुसार आज देवीको पूजा आरधना गर्दै चैते दसैँ मनाइने गरिन्छ ।

असोजमा मनाइने दसैँलाई बडादसैँको रुपमा मनाइन्छ भने यश चैत शुक्ल अष्टमीमा मनाइने दसैँलाई चैते दसैँ भनिन्छ । आज घरघरमा तथा देवीका मन्दिरमा देवी भागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दसैँ हिन्दू धर्मावलम्बीहरूले वर्षमा दुई पटक असोज र चैतमा मनाउने गर्दछन् ।

यसैगरी चैते दसैँको दिन काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, सङ्कटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनहरुको भिड लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here