बर्दघाट बसपार्कबाट बस चोरी, नवलपरासी प्रहरीको समन्वयमा रुपन्देहीबाट फेला

258
नवलपरासी पश्चिम । बर्दघाट बस पार्कबाट चोरी भएको लु १ ख ६५३८ नम्बरको बस रुपन्देहीको भालुवाङ्गमा बेवारिसे अवस्थामा फेला परेको छ । बुधवार रातिबाट चोरी भएको बस बिहिवार बिहान बर्दघाट-बुटवल सडक खण्डको भालुवाङ्गमा बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख कृष्ण घिमिरेले जानकारी दिए । बर्दघाट बसपार्कमा पार्किङ गरि राखिएको बस भोलि पल्ट बिहान ८ बजे त्रिवेणी जाने क्रममा थियो । ड्राइभर बिहान गएपछि बसपार्कमा बस नदेखेपछि ईलाका प्रहरी कार्यालय बर्दघाटलाई खबर गरेका थिए ।  प्रहरीलाई खबर हुन साथ बसको खोजी कार्य तिब्र बनाएको इलाका प्रमुख घिमिरेले बताए ।  भालुवाङ्गका प्रहरी संग समन्वय गरि बेवारिसे अवस्थामा पुर्व पश्चिम महेन्द्र राजमार्ग सडक देखि ५ फिट तल बेवारिसे अवस्थामा रहेको बसलाई बर्दघाट ल्याइएको र बस धनी रामाकान्त सैथवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय परासीका प्रवक्ता प्रेम बहादुर शाहीले जानकारी दिए । यसबारे थप अनुसंधान भइरहेको प्रहरीले बताएको छ । बर्दघाट बसपार्कबाट अहिलेसम्म ४ वटा बस चोरी भइसकेको र सबैलाई फेला पारि बस धनिलाई बुझाएको स्रोतले बताएको छ । रबिन्द्र यादव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here