धनुषाका प्रमुख सुनिलकुमार झा पक्राउ

93

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई पक्राउ गरेको छ।

टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित सोमबार बिहान उनलाई पक्राउ गरेको हो। आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चोकस्थित एक चिया पसलबाट घुसवापत सेवाग्रहीसँग लिएको ५ लाख रुपैयाँसहित प्रमुख झालाई पक्राउ गरेको हो।

गोप्य सूचनाको आधारमा खटिएको टोलीले घुस रकमसहित प्रमुख झालाई पक्राउ गरेको र उनमाथि थप अनुसन्धान भइरहेको आयोग बर्दिवासका प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here